विदेशबाट फर्किएर चप्पल उद्योग

  • प्रकाशित मितिः असार ३, २०७६
  • 1681 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ३–‘२१ वर्षसम्म विदेशमा बगाएको पसिना त्यत्तिकै खेर गयो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा अजम्बरीटोलका ४३ वर्षीय राजन विश्वकर्माले भने–‘अब भने घरमै राम्रो आम्दानी गर्न सुरु गरेको छु ।’
२०५४ साल भदौमा पैसा कमाउने सपना बोकेर विदेश गएका विश्वकर्माले घरमै चप्पल उद्योग सञ्चालन गरेर मासिक ४५ हजार कमाउन सुरु गरेका हुन् । उनले साउदीमा दश वर्ष र कतारमा ११ वर्ष विताएका छन् । उनले विदेशमा कमाएको पैसाले चित्त नबुझेपछि पा“च लाख रुपैया“ लगानी गरेर घरमै चप्पल उद्योग खोलेको सुनाए । उनको उद्योगमा दुई जनाले रोजगारी पाएको विश्वकर्माले बताए ।
घरमै उद्योग सञ्चालन गरेपछि सबैले हौसला दिएको विश्वकर्माले सुनाए । यसबाट आम्दानी पनि राम्रो भएकाले घरपरिवार समेत खुसी भएको विश्वकर्माले बताए । समृद्धि बहुआयामिक उद्योग नामको चप्पल उद्योग सञ्चालनले आफन्त–नरनाताहरु समेत खुसी भएको विश्वकर्माको भनाई छ । ‘आफन्तबाट टाढिएर विदेशमा कमाउनु भन्दा घरैमा कमाउ“नु स्वर्गीय आनन्द मिलेको छ ।’ विश्वकर्माले भने–‘अहिले वास्तविक जिन्दगीको अनुभूति भएको छ ।’
उनले उत्पादन गरेको चप्पल दिक्तेलबजार लगायत अन्य बजारहरुमा जान थालेको विश्वकर्माले बताए । उनको अन्य पालिकाहरुमा समेत बजार विस्तार गर्ने योजना छ । विश्वकर्माको उद्योग देखेपछि आफूलाई खुसी लागेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । आइतबार उक्त उद्योगको उद्घाटन कार्यक्रममा बौल्दै नगरप्रमुख रिजालले राजनको मेहनतले अन्यलाई समेत हौसला मिलेकाले समृद्ध नगर बन्नमा सहयोग पुग्ने धारणा राखे ।
खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राईले विश्वकर्माको चप्पल उद्योग नमुना उद्योगको रुपमा विकास गर्नु पर्ने तर्क राखे । यसका लागि नगरपालिकाले सहयोग गर्नु पर्ने राईको धारणा छ । ‘औद्योगिक क्षेत्रको विस्तार नै समृद्धिको पूर्वाधार भएकाले यसलाई प्रबद्र्धन गर्नु पर्छ ।’ राईले भने–‘यसका लागि नगरपालिका लगायत सबै पक्षको सहयोग खा“चो छ ।’

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित