नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस २९–दिक्तेलमा चित्रकलासम्वन्धी कार्यशाला आयोजना गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र ललितकला क्याम्पस काठमाडौंको सहकार्यमा दुई दिने चित्रकला सम्वन्धी कार्यशाला आयोजना गरिएको हो ।
पुस २८ र २९ गते भएको कार्यशालामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ६ विद्यालयका ३० विद्यार्थी सहभागी भएको शिक्षा शाखाका नानीराम आचार्यले बताएका छन् । चित्रकलाप्रति अभिरुची राख्ने नगरपालिका क्षेत्र भित्रका विद्यार्थीलाई लक्षित गरी चित्रकलासम्वन्धी कार्यशाला आयोजना गरिएको ललित कला क्याम्पस काठमाडौंका स्ववियू सभापति आशिष पौडेलको भनाइ छ ।
यसअघि दिक्तेलमा लोपोन्मुख वन्य जन्तु तथा पन्छीको चित्र बनाइएको छ । सदरमुकामकोे सौन्दर्यकरण तथा वातावरण संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले दिक्तेलका विभिन्न ठाउँमा एक साता लगाएर चित्र बनाइएको हो । नगरपालिकामा पाइने लोपोन्मुख रेडपाण्डा, सालक, लाटोकोसेरो तथा हुच्चील लगायत वन्यजन्तु तथा पन्छीको चित्र बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित