नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस १०–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर बन्ध्याकरण गरिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन कार्यविधि २०८२ निर्माणका लागि पुस ९ गते भएको छलफलमा उक्त निर्णय भएको हो ।
बादर नियन्त्रणसम्वन्धी कार्ययोजना र त्यससंग सम्वन्धित तयारीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको छलफलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँदर बन्ध्याकरण गर्ने निर्णय गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए । बाँदर बन्ध्याकरणका लागि दक्ष जनशक्ति र उपकरणका लागि भारत सरकारलाई माग गर्ने निर्णय गरिएको भट्टराईले जनाए । यसका लागि साडे तीन करोड बजेट आवश्यक पर्ने भएकाले यसमध्ये कृषि तथा पशुपन्छी मन्त्रालयले एक करोड २ लाख बजेट विनियोजन गरेको र अन्य आवश्यक बजेट समेत मन्त्रालयले नै जोहो गर्ने निर्णय भएको भट्टराईले सुनाए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपककुमार खरालको अध्यक्षतामा भएको छलफलमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, सहसचिवहरू डा. हरिबहादुर केसी, डा. पशुपति ढुङ्गाना, पशुसेवा विभागका महानिर्देशक डा. रामानन्दन तिवारी लगायत सरोकारवाला निकायहरू सहभागी भएका छन् ।
बाँसजन्य वस्तुको प्रबद्र्धन तथा बाँदर नियन्त्रण लगायतका विभिन्न माग सहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख भट्टराई गत साउन ११ गतेदेखि तीन दिन भोक हड्ताल र पाँच दिन आमरण अनसनपछि १६ बुदे सहमती पत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि बाँससंग सम्वन्धित डिजाइनको मार्गदर्शन मङ्सिर ७ गते स्वीकृत र बाँस संरचनाको भवन संहिता गत पुस ४ गते विमोचन भएको थियो । उक्त मार्गदर्शन स्वीकृत र भवन संहिताको विमोचन सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित