मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु

  • प्रकाशित मितिः पुस ४, २०८२
  • 320 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–मोटर साइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङका कार्यालय सहयोगीको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल सोल्मामा पुस ४ गते बेलुकी दुर्घटना हुदा मोटरसाइकलको पछाडि सवार उक्त नगरपालिका–१ दिक्तेलका ५५ वर्षीय पदमबहादुर खड्काको मृत्यु भएको हो ।
दोर्पाबाट दिक्तेल आउदै गरेको प्रदेश १–०५००१ प १७६४ नम्बरको मोटरसाइकल मध्यपहाडी लोकमार्ग अन्तरगत सोल्मामा सडकभन्दा करिब एक सय ५० मिटर तल खस्दा बेहोस अवस्थामा फेला परेको खड्काको जिल्ला अस्पताल दिक्तेलमा ल्याउनासाथ मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रशान्त मिश्रले बताएका छन् । उनका अनुसार मोटरसाइकल चालक आचार्यले मादक पदार्थ सेवन गरेको अवस्थामा रहेको र बेलुकी ६ बजे आफैं प्रहरी समक्ष आएर दुर्घटनाको बारे जानकारी गराएका थिए
दुर्घटनाको जानकारी आउना साथ खोजी गर्दा मोटरसाइकल रूखमा अल्झिरहेको र त्यसभन्दा तल खड्का बेहोस अवस्थामा फेला परेको मिश्रले सुनाएका छन् । खड्काको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । चालक आचार्यलाई मेडिकल गरी नियन्त्रणमा लिएको मिश्रले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित