बाँसको संरचनाको भवन संहिता विमोचन

  • प्रकाशित मितिः पुस ४, २०८२
  • 311 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, पुस ४–बाँसको संरचनाको भवन संहिता विमोचन गरिएको छ । उर्जा जलश्रोत तथा सिचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ललितपुरको कुपण्डोलस्थित हिमालय होटलमा पुस ४ गते शुक्रबार विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले बाँस नेपालको ठूलो श्रोत भएको उल्लेख गर्दै राष्ट्र निर्माणको आधार भएको समेत बताएका छन् । त्यति मात्र होइन, बाँस प्रकृति र संस्कृतिको संगम समेत भएको मन्त्री घिसिङले बताएका छन् । बाँस जलवायु परिवर्तन न्युनीकरणका लागि महत्वपूर्ण वनस्पति भएको समेत मन्त्री घिसिङको भनाइ थियो ।
त्यस्तै सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले बाँससंग सम्वन्धित नीति बनाउनु मात्र ठूलो कुरा होइन, यसलाई व्यवहारमा लागू गर्नु पर्ने धारणा राखेका छन् । बाँसको संरचनाको भवन संहिता विमोचनपछि बाँसजन्य वस्तुको उपयोग औपचारिक रूपमा कार्यान्वयन भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताएका छन् । गत मङ्सिर ५ गते बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्वन्धी मार्गदर्शन, मन्त्री घिसिङले नै स्वीकृत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित