नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर २९–हलेसी तुवाचुङ नगरपालिकाले बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । ५ मुरी भन्दा बढी बदाम फलाउने किसानलाई मङ्सिर २८ गते प्रोत्साहन वितरण गरेको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बदाम फलाउने किसानलाई हौसलाका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तरगत मङ्सिर २८ गते १० लाख पाँच हजार एक सय रूपैयाँ वितरण गरिएको हो । उक्त नगरपालिकाको वडा नं २ डिकुवाका २४ घर किसानले दुई सय ६० मुरी, ५ दुर्छिमका १३ घर किसानले एक सय ६४ मुरी, ७ महादेवस्थानका ४३ घर किसानले ६ सय ३१ मुरी, ८ धितुङका एक सय ५८ घर किसानले एक हजार ८ सय ४२ मुरी र ११ राजापानीका २४ घर किसानले दुई सय ३१ मुरी गरी ९३.८४ मेट्रिकटन बदाम फलाएका छन् । उनीहरूमध्ये सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम फलाएको गिरीले सुनाएका छन् ।
५ मुरी बदाम उत्पादन गर्नेलाई दुई हजार पाँच सय र त्यसभन्दा बढी उत्पादन गर्नेलाई थप प्रतिमुरी तीन सय रूपैयाँका दरले वितरण गरिएको गिरीले सुनाएका छन् । मङ्सिर २८ गते वडा नं ५ दुर्छिमका १३ घर किसानलाई ६२ हजार दुई सय, ७ महादेवस्थानका ४३ घर किसानलाई दुई लाख ३२ हजार तीन सय र ८ धितुङका एक सय ५८ घरका किसानलाई सात लाख १० हजार ६ सय गरी १० लाख पाँच हजार एक सय वितरण गरिएको हो । वडा नं २ डिकुवाका २४ र ११ राजापानीका २४ घर किसानलाई सम्वन्धित वडामै गएर वितरण गरिने गिरीले जनाएका छन् ।
गत वर्ष पनि बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको थियो । गत वर्ष एक हजार पाँच सय ८३ मुरी (४७ मेट्रिकटन) उत्पादन भएको थियो । यो वर्ष गत वर्षको तुलनामा ४६.३५ मेट्रिकटन बढी उत्पादन भएको गिरीले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित