नमस्ते खोटाङ संवाददाता–
खोटाङ, मङ्सिर १६–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका जीतबहादुर तामाङले च्याउ खेतीबाट मनग्गे आम्दानी गर्न थालेका छन् । तीन वर्षअघि सुरु गरेको च्याउ खेतीबाट गत वर्षदेखि आम्दानी गर्न थालेका हुन् ।
तामाङका अनुसार गत वर्ष सिताके च्याउबाट प्रतिकेजी ८ सय रूपैयाँका दरले बेच्दा दुई लाख ४० हजार रूपैयाँ आम्दानी गरेका हुन् । गत वर्ष ३ सय केजी च्याउ उत्पादनबाट उक्त आम्दानी गरेको तामाङले सुनाएका छन् । गत वर्षको तुलनामा यो वर्ष दोब्बर उत्पादन बढ्ने तामाङले अपेक्षा गरेका छन् । उनले दिक्तेल बजार र काठमाडौंमा च्याउ बिक्री गर्ने गरेका छन् । ‘मैले च्याउ खेती सुरु गरेको ३ वर्ष भयो, गत वर्षदेखि उत्पादन दिन थालेको छ’ तामाङले भने–‘गत वर्ष प्रतिकेजी ८ सय रूपैयाँको दरले बेच्दा ३ सय केजीको दुई लाख ४० हजार आम्दानी भयो, यो वर्ष त्यसको दोब्बर हुने अपेक्षा गरेको छु ।’
सिताके जातको च्याउका लागि एक हजार मुढा उपयोग गरेका छन् । प्रति मुढा सात सय रूपैयाँको दरले एक हजार मुढाको सात लाख खर्च गरेको तामाङले सुनाएका छन् । ‘प्रतिमुढा ७ सय रूपैयाँका दरले १ हजार मुढाको सात लाख खर्च भयो’ तामाङले भने–‘यसबाट यो वर्षसम्म खर्च उकास्ने लक्ष्य राखेको छु, अर्को वर्षबाट चोखो आम्दानी हुन्छ ।’
कटुस, ओखर, उत्तीस लगायत जातको काठको मुढामा सिताके च्याउ खेती गरिन्छ । यसबाहेक कन्ने, गानोदर्मा जातका च्याउ पनि उत्पादन गर्ने गरेका छन् । च्याउका साथै विउ पनि उत्पादन गरी अन्य किसानलाई समेत पु¥याउने गरेको तामाङले सुनाएका छन् । च्याउ उत्पादनका लागि ल्याव नै सञ्चालन गरिरहेका छन् । उक्त च्याउ श्रोत केन्द्रका लागि आर्थिक वर्ष २०७९÷८० मा प्रदेश सरकारले १३ लाख र आफूले १६ लाख गरी २९ लाख खर्च भएको तामाङले सुनाएका छन् ।
उनले उत्पादन गरेको सिताके च्याउको विउ प्रतिपोका पाँच सय र कन्ने च्याउको प्रतिपोका ८० रूपैयाँमा बिक्री गर्ने गरेको तामाङले जनाएका छन् । गानोदर्माको भने माग नआएको तामाङले जनाएका छन् । माग आउने साथ उत्पादन गरिने उनको भनाइ छ । सिताके च्याउको विउ जापान, अमेरिका, क्यानडा, चिनबाट ल्याउने गरिएकोमा गत वर्षबाट भने तालिम लिएपछि गाउँमै आफैंले उत्पादन गर्न थालेका हुन् । यसका लागि खुमलटारस्थित नार्कले गत वर्ष तालिम दिलाएको तामाङले सुनाएका छन् । उक्त तालिममा खोटाङ, इलाम, काठमाडौं, रूकुम, रोल्पा, डोटी लगायतका किसान सहभागी भएको मध्ये अधिकांशले विउ उत्पादन थालेको तामाङले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ११–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ १०–बुइपास्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–राष्ट्रि�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेपाली कम�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ ४–नेकपा एमा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित