करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई ज्ञापनपत्र

  • प्रकाशित मितिः कार्तिक २४, २०८२
  • 291 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक २३–खोटाङ उद्योग वाणिज्य संघका पदाधिकारीहरूले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापनपत्र बुझाएका छन् । खोटाङबाट करदाता सेवा कार्यालय खारेज नगर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत अर्थमन्त्री खलाललाई कात्तिक २३ गते ज्ञापनपत्र बुझाएका हुन् ।
खोटाङबाट करदाता सेवा कार्यालय हटाइए करसम्वन्धी सेवा सुविधाबाट बन्चित हुने, जिल्लाको व्यवसायिक वातावरणमा प्रतिकूल असर पर्ने, स्थानीय आर्थिक क्रियाकलापलाई नकारात्मक असर पर्ने, कर तिर्ने संस्कृतिमा नकारात्मक प्रभाव पर्ने खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन आचार्यले बताए । दिक्तेलमा भएको करदाता सेवा कार्यालय हटाइए जिल्लाबासीले अतिरिक्त खर्च व्यहोर्नु पर्ने लगायतका दुर्गम जिल्लाबासीले अन्य सास्ती खेप्नु पर्ने भएकाले ज्ञापनपत्र बुझाइएको आचार्यले सुनाए । ‘दिक्तेलमा रहेका करदाता सेवा कार्यालय हटाउने निर्णय कार्यान्वयन नगर्न आज ज्ञापनपत्र बुझाएका छौं’ आचार्यले भने–‘खोटाङ जस्तो दुर्गम जिल्लामा रहेको करदाता सेवा कार्यालय हट्यो भने करसम्वन्धी सेवा सुविधाबाट बन्चित हुनुका साथै जिल्लाको व्यवसायिक वातावरणमा प्रतिकूल असर पर्ने भएकाले ज्ञापनपत्र बुझाएका हौ ।’ यससम्वन्धी जिल्लास्थित राजनीतिक दलहरूसंग अन्तरक्रिया समेत गरिएको आचार्यले जनाएका छन् । सदरमुकाम दिक्तेलमा २०७६ बैशाख २३ गते करदाता सेवा कार्यालय स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित