नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १७–हलेसी तुवाचुङ नगरपालिकाले आयातित कुखुराको मासुमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । नगरपालिकाका किसानले उत्पादन गरेको कुखुराको मासुलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयातित कुखुराको मासुमा प्रतिबन्ध लगाउने तयारी गरेको हो ।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार आयातित ब्रोइलर कुखुराको मासुका कारण स्थानीय किसानले उत्पादन गरेको कुखुराको मासुले बजार नपाउने भएकाले प्रतिबन्ध लगाउने तयारी गरिएको हो । उक्त नगरपालिकामा दैनिक करिब ७ सय कुखुराको मासु खपत हुने गरेको गिरीले सुनाएका छन् । गिरीका अनुसार हलेसी तुवाचुङ नगरपालिकामा करिब २० वटा कुखुरा फर्महरू सञ्चालनमा छन्
यसका साथै आयातित कुखुराको मासु अस्वस्थ हुने सम्भावना भएकाले स्वस्थ मासुका लागि पनि नगरपालिकाभित्रका किसानले उत्पादन गरेको मासु उपयोग गर्न उपर्युक्त हुने गिरीले सुनाएका छन् । यसका लागि कुखुरा पालक फर्म, मासु पसल सञ्चालक लगायतको उपस्थितिमा छलफल गरी साझा समन्वय सञ्जाल निर्माण गर्ने र त्यसपछि प्रतिबन्धको प्रक्रिया बढाइने समेत गिरीले सुनाएका छन् । यसका साथै दर रेट समेत निर्धारण गरेर एक रूपता कायम गरी उपभोक्तालाई सेवा दिइने गिरीले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित