नमस्ते खोटाङ संवाददाता–
काठमाडौ, कात्तिक १६— नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी (नेकपा एस)लगायत आठ कम्युनिस्ट पार्टीहरुले माओवादीका निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय गरेका छन् ।
माआवादी र नेकपा एसमा पार्टी एकताविरुद्ध फरक मत भए पनि दाहाल, नेपाल लगायत नेताको जोडबलमा कात्तिक १६ गते बेलुका भएको १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
पार्टीको नाम खाली राखेका छन् भने चुनाव चिह्न चाहिँ पाँचकुने तारा हुने सहमति पत्रमा उल्लेख छ । माओवादीले माओवादका साथै नाम र नेकपा एसले नाम छाडेको छ । कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलनमा गर्ने निधो गरेका छन् । सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणापत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठनलगायतका गर्ने सहमतिपत्रमा भनिएको छ ।
सहमतिपत्रमा नेकपा (माओवादी केन्द्र)का संयोजक दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, नेकपा (समाजवादी) का अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुभाषराज काफ्ले, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी) अध्यक्ष कर्णजीत बुढा, नेकपा (साम्यवादी) अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित