झरिले धान बालीमा क्षति, किसान चिन्तित

  • प्रकाशित मितिः कार्तिक १७, २०८२
  • 360 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, कात्तिक १६–अविरल झरिले धान बालीमा क्षति पु¥याएको छ । थन्काउने बेलामा झरि परेपछि धान खेतीमा क्षति पु¥याएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा करिब ४१.६३ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोडीका अनुसार क्षति विवरण आउने क्रम जारी छ । उक्त नगरपालिकामा ३५ सय हेक्टर धान खोती गरिन्छ । यसमा करिब ८ हजार ९ सय ९५ मेट्रिकटन धान उत्पादन हुदै आएका छ ।
हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । काटेका धान पूर्ण रूपमा क्षति भएको र काट्न बाँकी रहेको धानमा पनि आंशिक क्षति भएको गिरीले सुनाएका छन् । उक्त नगरपालिकाका एक सय २० हेक्टरमा धानखेती गरिन्छ । यसमा तीन सय ८.४ मेट्रिकटन धान उत्पादन हुने गरेको मोडीको भनाइ छ ।
जन्तेढुङ्गा गाउँपालिकामा पनि धान खेतीमा व्यापक क्षति पु¥याएको छ । गाउँपालिका उपाध्यक्ष खेम खड्काका अुनसार उक्त गाउँपालिकामा ४० प्रतिशत धान खेती नष्ट भएको छ । ‘अहिलेसम्म एकीन विवरण आइसकेको छैन, हाम्रो अनुमानमा करिब ४० प्रतिशतमा क्षति पुगेको छ’ खड्काले भने–‘यो वर्ष राम्रो धान उत्पादन भएको थियो, यसै वर्ष चामल पस्दै गरेको धान पानीले सखाप बनायो ।’ उक्त गाउँपालिकामा दुई सय ४०.९६ हेक्टरमा धान खेती गरिन्छ । यसमा करिब ६ सय १९.२७ मेट्रिकटन उत्पादन हुने गरेको मोडीले सुनाएका छन् ।
बाराहापोखरी गाउँपालिकामा पनि धान खेतीमा क्षति पुगेको छ । उक्त पालिकामा ६० प्रतिशत भन्दा बढी पु¥याएको छ । ‘हाम्रो पालिकामा करिब ४० प्रतिशत धान काटेको थियो, काटेको जति सबै क्षति भयो, बाँकी रहेको ६० प्रतिशतमा पनि आंशिक क्षति भएको छ’ गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले भने–‘सबै हिसाव गर्दा ६० प्रतिशत जति धान नष्ट भयो ।’
उक्त पालिकामा ६ सय ५७ हेक्टरमा धान खेती गरिन्छ । यसमध्ये १६ सय ८८.४९ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र खोटाङको रेकर्डमा उल्लेख छ ।
त्यसै गरी खोटेहाङ गाउँपालिकामा पनि धान खेतीमा क्षति पुगेको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताएका छन् । उक्त पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ । ‘करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको भन्ने छ’ राईले भने । उक्त पालिकामा १२ सय हेक्टरमा धान खेती गरिन्छ । उक्त पालिकामा करिब तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुदै आएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धान खेतीमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताएका छन् । उक्त पालिकामा पनि १२ सय हेक्टरमा तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
त्यसैगरी साकेला, रावाबेसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरिले धानबालीमा ब्यापक क्षति पु¥याएको छ । झरि निरन्तर भएकाले एकीन विवरण आइनसकेको गाउँपालिकाहरूले जनाएका छन् । साकेलामा ८ हेक्टरमा दुई हजार ५६ मेटिकटन, रावाबेसीमा ८ सय ५० हेक्टरमा दुई हजार एक सय ८४.५ मेटिकटन, केपिलासगढीमा सात सय ५० हेक्टरमा एक हजार ९ सय २७.५ मेटिकटन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार पाँच सय ७० मेटिकटन गरी जिल्लामा करिब २६ हजार मेटिकटन धान उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएका छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित