बदाम उत्पादन गर्ने किसानलाई निवेदन दिन हलेसी तुवाचुङ नगरपालिकाको आह्वान

  • प्रकाशित मितिः असोज २६, २०८२
  • 443 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २६–हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरी भन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई निवेदन दिन आह्वान गरेको छ । बदाम उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तरगत व्यवसायिक रूपमा बदाम खेती गर्दै आएका किसानलाई २१ दिनभित्र निवेदन दिन असोज २६ गते सूचना जारी गरी आह्वान गरेको हो ।
नेपाली नागरिकताको प्रतिलिपि, बदाम उत्पादन गरिएको जग्गाको धनिपूर्जाको प्रतिलिपि, बदाम उत्पादन तथा भण्डारण गरेको उत्पादक सहितको फोटो लगायतका रीत पु¥याएर सम्वन्धित वडा कार्यालयमा निवेदन दिन आह्वान गरिएको छ ।
यस्तै उक्त नगरपालिकाले कृषि, पशुपन्छीसंग सम्वन्धित लघु उद्यमीलाई ऋणको ब्जाज अनुदानका लागि पनि गत भदौ ३१ सूचना जारी गरी ३० दिनभित्र निवेदन दिन आह्वान गरेको थियो । लघुउद्यम, कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रबद्र्धन गरी उत्पादन एबम् रोजगारी अभिबृद्धि गर्न, शिक्षित बेरोजगार युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न, विदेशबाट फर्किएका युवाहरूले विदेशमा आर्जन गरेको सीप र व्यवसायिक क्षमता उपयोग गर्दै स्वरोजगार बनाउन, उद्यमशीलता क्षमताको विकास गर्न, पराम्परागत सीप र पेशालाई आधुनिकीकरण एबम प्रबद्र्धन गरी आर्थिक रूपमा विपन्न, सिमान्तकृत समुदाय तथा लक्षित वर्गका उद्यमीहरूलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान उपलब्ध गराउन उक्त सूचना जारी गरिएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित