भरुवा बन्दुक देखाएर रकम असुलीको प्रयास गरेको अभियोगमा पक्राउ परेका राई धरौटीमा छुटे

  • प्रकाशित मितिः असोज २३, २०८२
  • 404 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असोज २३–भरुवा बन्दुक देखाएर रकम असुलीको आरोपमा पक्राउ परेका नेपाली कांग्रेस खोटाङका सदस्य श्यामकुमार राई धरौटीमा छुटेका छन् । गत भदौ १६ गते खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो चालकलाई भरुवा बन्दुक देखाएर रकम असुली गर्न खोजेको आरोपमा पक्राउ परेका राईलाई असोज २२ गते तीन लाख ५० हजार धरौटीमा छुटेका हुन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मी स्थायी घर भएका राई निमित्त श्रेष्तेदार बाबुराम बस्नेतको आदेशले छुटेका हुन् । उक्त घटना लगत्तै फरार राई भदौ २० गते प्रहरीमा उपस्थित भएका थिए । राईमाथि डाका उद्योगमा भदौ १८ गते मुद्दा दर्ता गरी अनुसन्धान गरी सरकारी वकिल मार्फत अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित