नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ २३–जिल्लास्थित पाँच विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउदै जिल्ला प्रशासन कार्यालयमा भदौ २३ गते ज्ञापनपत्र बुझाएका छन् । २०२८ को पुरानो शिक्षा ऐन प्रतिष्थापन गर्न ५४ वर्षपछि आउदै गरेको शिक्षा ऐनमा अपेक्षित विभिन्न ९ सूत्रीय माग उक्त शिक्षा विधेयकमा समावेश गर्नु पर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।
संविधानमा व्यवस्था भए बमोजिक आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यममिक शिक्षा पूर्ण निःशुल्क पाउने व्यवस्था हुनु पर्ने, सीपमुलक, रोजगारमुखी र उत्पादन केन्द्रित शिक्षा प्रदान गरी सामुदायिक विद्यालयको गुणस्तरमा सुधार गर्न सरकारको प्रतिबद्धता बमोजिम तीनै तहका सरकारले आ–आफ्नो कुल वार्षिक बजेटको न्युनतम २० प्रतिशत शिक्षामा अनिवार्य विनियोजन गर्नु पर्ने, शैक्षिक क्षेत्रमा निजीकरण र व्यापारीकरणले निम्त्याएको विकृति सहितलाई पूूर्णरूपमा निर्मूल गरी शिक्षालाई व्यवसायिक नभई पूर्णरूपमा सेवामुखी क्षेत्रको रूपमा विकास गरी नेपाल संविधानले निर्दिष्ट गरेबमोजिम सबैतहको शिक्षालाई क्रमशः पूर्ण निःशुल्क बनाउदै लैजानु पर्ने, शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिने जो सुकैका सन्तान अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था ऐनमै लिपिबद्ध गर्नु पर्ने लगायतका माग ज्ञापनत्रमा उल्लेख गरिएको छ । उक्त ज्ञापनपत्रमा नेविसंघ खोटाङका सभापति मोतिचन्द्र राई, अनेरास्ववियू जिल्ला संयोजक सुशिला तिमिल्सिना, अखिल क्रान्तिकारी खोटाङका अध्यक्ष डार्विन चाम्लिङ, अनेरास्ववियू विद्यार्थी संगठन खोटाङका अध्यक्ष रेसजोन राई, समाजवादी विद्यार्थी युनियन खोटाङका अध्यक्ष आश्रय राईले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित