नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ ९–एमाले नेता विशाल भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने निर्णय गरेर एमालेको मात्र नभइ देशकै सम्मानित नेताको रूपमा राखेको बताएका छन् । भदौ ९ गते दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सम्मानित राष्ट्रपतिजस्तो ठाउँमा पुगिसकेको व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउनु गणतन्त्रका लागि चुनौति र पार्टीको आन्तरिक जीवनका लागि पनि त्यत्ति सुखत् नभएको बताएका हुन् ।
साउन ५ देखि ७ गतेसम्म भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा २ सय ४८ केन्द्रीय कमिटीका नेताहरूमध्ये बहुसंख्यकले राष्ट्रपतिलाई राजनीतिमा फर्कन उपयुक्त नहुने निर्णय गरेकाले अब विद्या भण्डारी पार्टीको सक्रिय राजनीतिमा नफर्कने भट्टराईले बताए । यो निर्णय पार्टीका लागि मात्र नभई भण्डारीकै लागि पनि सम्मान भएको भट्टराईको दाबी छ ।
भण्डारीलाई सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा ल्याउन तल्लो तहमा समेत आवाज उठे पनि बहुमतले गणतन्त्रको प्रतिक, राष्ट्रको सर्वोच्च पदमा पुगेका व्यक्तिलाई सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्षमा पुगेको भट्टराईले बताएका छन् ।
पत्रकार सम्मेलनमा आइतबार भएको एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा भएको विधान महाधिवेशनका लागि जिल्लास्तरीय सुझाव सङ्कलन, दोश्रो सचिवालय बैठकको निर्णय समेत प्रस्तुत गरिएको थियो । उक्त निर्णय एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले प्रस्तुत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित