रास्वपा खोटाङ–काठमाडौं सम्पर्क विभागको सभापतिमा घिमिरे

  • प्रकाशित मितिः भदौ १, २०८२
  • 974 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, भदौ १–राष्ट्रिय स्वतन्त्र पार्टीको खोटाङ–काठमाडौ सम्पर्क विभागको सभापतिमा भरतप्रसाद घिमिरे चयन भएका छन् । प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की र केन्द्रीय सह–प्रवक्ता रमेश प्रसाईंको उपस्थितिमा साउन ३१ गते काठमाडौमा सम्पन्न भेलाले घिमिरेलाई सभापतिमा चयन गरेको हो ।
उपसभापतिमा एलिसा खड्का र सचिवमा यज्ञबहादुर वन चयन भएका छन् । त्यस्तै सदस्यहरूमा पर्शुराम विष्ट, बलराम कार्की, लोकबहादुर कटवाल, विनोद दाहाल, कृष्णबहादुर थापा, विजय थापा, फडिन्द्र खवास, तिलकबहादुर राउत, नवीन फुयाँल, सोमबहादुर गिरी, कालुराम राई, प्रेमकुमार राई, विरेन्द्र घिमिरे, खवराज गिरी, तिलामायाँ पुरी र नरेन्द्र खनाल निर्वाचित भएका छन् । पालिका स्तरीय सम्पर्क विभाग अन्तगरत ऐसेलुखर्क गाउँपालिकाको संयोजकमा दिपक गिरी, रावाबेसी गाउँपालिकाको संयोजकमा बलराम कार्की, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको संयोजकमा नरनाथ आचार्य, हलेसी तुवाचुङ नगरपालिकाको संयोजकमा तिलकबहादुर राउत, साकेला गाउँपालिकाको संयोजकमा टंकबहादुर भुजेल र जन्तेढुङ्गा गाउँपालिकाको संयोजकमा रत्नकुमार राई चयन भएका छन् । जिल्ला सभापति मुकुन्द कृष्ण थापाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा पूर्व जिल्ला संयोजक रबिन्द्र ओझा, जिल्ला सचिव तुला खत्री, जिल्ला सह–सचिव राजन अधिकारी, कोशी–काठमाडौ सम्पर्क बिभागका सदस्य टेकबहादुर थापा मगर, चर्चित हास्य कलाकार गोकुल परियार, सामाजिक अभियन्ता रमा बस्नेत लगायतको उपस्थिति थियो । गायिकाहरू आशा लामा (ज्ञानमाला), सन्जु न्यौपाने र गायक प्रेमबाबु वनले कार्यक्रममा प्रस्तुति दिएका थिए । यसअवसरमा विभिन्न पार्टी परित्याग गरी ३७ जना राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको दिक्तेल रूपाकोट मझुवागढी नगर संयोजक परशुराम थापा आशिषले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित