नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–सरकारले बहुविवाह गर्न पाउनेसम्मको प्रावधान सहित कानुन ल्याउन लागेको भन्दै त्यसलाई खारेज गर्नु पर्ने माग राख्दै जिल्लास्थित महिलाअधिकारसंग सम्वन्धित संघसंस्थाका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपालको संविधान २०७२ को भावना विवरित महिलाको अधिकार कुण्ठित हुने गरी सरकारले बहुविवाह गर्न पाउनेसम्मको कानुन ल्याउन लागेको भन्दै साउन २३ गते प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
महिला एकता अध्ययन केन्द्र, महिला मानवअधिकार रक्षक सञ्जाल, गैरसरकारी संस्था महासंघ र अन्तरपार्टी महिला सञ्जाल खोटाङले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएको संविधानसभा सदस्य दुर्गाजयन्ती राईले बताएकी छन् । उक्त ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२ को प्रस्तावनामा व्यवस्था भएको मौलिक हक, महिलाको हक र महिलामाथि हुने सबै प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धिको विरुद्ध रहेको उल्लेख गरिएको छ । ‘२०७५ भदौ १ गतेबाट मुलुकी अपराध संहिता २०७४ लागू भइसकेको अवस्थामा निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी सरकारले ल्याउन लागेको कानुन कुनै मुल्यमा मान्य नहुने ध्यानाकर्षण पत्रमा उल्लेख छ । उक्त पश्चगामी मस्यौदा खारेज गर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै जबरजस्त ढङ्गले प्रक्रिया बढाइएमा कडा कदम चाल्न वाध्य हुने समेत चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन २५–विश्व प्रशिद्ध हले�... ... ...
सविना अछामे–खोटाङ, साउन २२–हलेसीको ट्राफिक चो�... ... ...
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित