बालविवाह रोकियो, जन्ती फरार

  • प्रकाशित मितिः बैशाख २४, २०७६
  • 1806 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख २४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा हुन लागेको बालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गरेको प्रहरीमा खबर पुगेपछि उक्त विवाह रोकिएको हो ।
सोमबार राती प्रहरीलाई बालविवाह हुन लागेको जानकारी आएपछि प्रहरी विवाहस्थल गएको थियो । प्रहरी निरीक्षक केशवकुमार कटवालका अनुसार बालविवाह हुदैछ भन्ने सूचना आएपछि विवाहस्थलमा प्रहरी खटाइएको थियो । त्यहा“ पुग्दा भोजपुर सिक्तेलबाट आएको बेहुलापक्षको जन्ती समेत फरार भइसकेका थिए ।
मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष उमेर नपुगी विहे गरे बालविवाह ठहरिने छ । यसरी भएको विवाह बदर हुनका साथै कसुर गर्नेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित