नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन २३–केपिलासगढी गाउँपालिकामा एक बालिका सामुहिक बलात्कारमा परेकी छन् । विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया छात्रा आफ्नै साथीहरूबाट बलात्कृत भएकी हुन् ।
स्थानीय एक विद्यालयमा कक्षा–८ मा अध्ययनरत बालिका उक्त विद्यालयकै कक्षा–९ मा अध्ययनरत दुई जनाबाट गत साउन १९ गते बलात्कृत भएको प्रहरीले जनाएका छ । विद्यालयबाट घर फर्कने क्रममा तिमीसंग कुरा गर्नु छ भन्दै दुई जनाले जङ्गलको बीचमा आएपछि बाटो छेकेर ओढारमा लगेर रातभरि बलात्कार गरेको पीडितपक्षले जनाएका छन् । विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोज्ने क्रममा भोलिपल्ट घटनास्थलमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
बालिका बलात्कृत भएपछि आफन्तले साउन–२१ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता गराएको मिश्रले जनाएका छन् । आरोपित दुबैजना फरार रहेको प्रहरीले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षणपछि साउन २२ गते आफन्तको जिम्मा लगाएर पठाइएको छ । उक्त घटनामा संलग्न दुबैजना १५–१६ वर्षका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित