नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १९–हलेसीमा दर्शन गरेर सिरहा फर्कदै गरेको गाडी साउन १९ गते विहान दुर्घटना भएको छ । प्र २– ०–१–००१ ज ००५३ विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँस्थित डौठे खोलामा विहान करिब ८ बजेर ३५ मिनेट जादा दुर्घटना भएको हो ।
सिरहा नराहा नगरपालिका वडा न ५ फर्कदै गरेको गाडी दुर्घटनामा परी एक जनाको मृत्युको भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । मृतकको पहिचान हुन नसकेको गिरीले बताए । अन्यको अवस्था पनि चिन्ताजनक भएको गिरीले बताएका छन् । तीन जना घाइतेलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्स मार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको गिरीले बताएका छन् । गाडी करिब दुई सय मिटर तल झरेको र दुर्घटनामा यात्रु छरिएकाले खोजी तथा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । उक्त गाडीमा १७ जना सवार रहेको अनुमान गरिएको र घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सविना अछामे–खोटाङ, असार ३१–कारागार कार्यालय ख�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित