नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १८—जिल्लामा ९६.११ प्रतिशत धान रोपाइँ सकिएको छ । दश हजार १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ९ हजार ६ सय २८.२७ हेक्टरमा धान रोपिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवानी विकास अधिकृत रवीन राईका अनुसार साउन १७ गतेसम्ममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ९८ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ७५ प्रतिशत, जन्तेढुङ्गा गाउँपालिकामा ९८ प्रतिशत, बाराहापोखरी गाउँपालिकामा १०० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ९५ प्रतिशत धान रोपाइँ भएको छ ।
त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ९५ प्रतिशत, साकेला गाउँपालिकामा ९५ प्रतिशत, रावाबेसी गाउँपालिकामा ९० प्रतिशत, केपिलासगढी गाउँपालिकामा १०० प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ । मनसुनका कारण गत वर्षको तुलनामा यो वर्ष छिटो धान रोपिएको राईले बताएका छन् । गत वर्ष यो बेलासम्म ९४.६७ प्रतिशत मात्र धान रोपाइँ भएको राईले सनाएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३५ सय हेक्टरमा, हलेसी तुवाचुङ नगरपालिकामा एक सय २० हेक्टरमा धानखेती गरिन्छ । त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा दुई सय ४०.९६ हेक्टर, बाराहापोखरी गाउँपालिकामा ६ सय ५७ हेक्टर, खोटेहाङ गाउँपालिकामा १२ सय हेक्टर, दिप्रुङ चुइचुम्मा गाउापालिकाम १२ सय हेक्टर, साकेला गाउँपालिकामा ८ सय हेक्टर, रावाबेसी गाउँपालिकामा आठ सय ५० हेक्टर, केपिलासगढी गाउँपालिकामा सात सय ५० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा धान खेती गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित