नगरप्रमुख भट्टराईको माग पूरा गर्ने मन्त्री श्रेष्ठ र शाहीको प्रतिबद्धता

  • प्रकाशित मितिः साउन १८, २०८२
  • 777 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १७–उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले माइतीघर मण्डलामा आमरण अनशनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । साउन १७ गते दिउसो मन्त्रीलाई भेट्न पुगेका टोलीलाई माग पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।


त्यस्तै वन मन्त्री ऐनबहादुर शाहीले पनि अनशनस्थलमै आएर साउन १७ गते विहान भट्टराईले उठाएको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । भट्टराईले उठाएका मागलाई विज्ञको परामर्शको आधारमा पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् । खोटाङलाई बाँसको राजधानी बनाउने, बाँदर बन्ध्याकरण, बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नम्स बनाउने लगायतका विषयमा विज्ञको प्रतिवेदनका आधारमा पूरा गर्ने आश्वासन दिएका छन् ।
साउन १७ गते दिउसो दुई चरणमा शहरी विकास मन्त्रालय र वन मन्त्रालयसंग भट्टराईको छलफल भए पनि साँझसम्म सहमती हुन नसकेको वार्ताटोलीका सदस्य तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताएका छन् । भट्टराई माइतीघरमा गत साउन ११ देखि १३ गतेसम्म सत्याग्रह र १४ गतेदेखि आमरण अनशनमा छन् । गत असार ९ गते भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १३ औं नगरसभाको निर्णयले विभिन्न माग सहित सत्याग्रहपछि आमरण अनशनसम्म आइपुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित