नगरप्रमुख भट्टराईको आमरण अनसनप्रति जिल्ला समन्वय समिति खोटाङके ऐक्यबद्धता

  • प्रकाशित मितिः साउन 16, 2082
  • 570 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन १५–नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनसनप्रति जिल्ला समन्वय समिति खोटाङले ऐक्यबद्धता जनाएका छ । विश्व जलवायु परिवर्तनले पु¥याइरहेको नकारात्मक असर लगायतका विभिन्न सात सूत्रीय माग सहित सत्याग्रह र आमरण अनसनप्रति ऐक्यबद्धता जनाएको हो ।
जिल्ला समन्वय प्रमुख सनबहादुर राईद्वारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीय श्रोत साधन बास र अन्य कच्चा पदार्थहरू पूर्वाधार निर्माणमा उपयोगको नीति, वातावरण प्रदुषण गर्ने सिसा लगायत प्लाष्टिकजन्य फोहोरको उत्पादन र विसर्जनको सवाल, अव्यवस्थित खानीजन्य र नदीजन्य उद्योगले पु¥याएको प्राकृतिक दोहन, सरकारी कार्यालयहरूले स्वदेशी स्थानीय कच्चा पदार्थहरूद्वारा निर्मित वस्तुहरूको प्रयोग, नागरिकहरूले प्रयोग गर्ने अत्यावश्यक सडक मार्गको सहजीकरण, बसाइँसराइँको मुख्य कारण बन्दै गएको बाँदर लगायत वन्यजन्तहरूको अतिक्रमणको विषयलाई लिएर नीतिगत र कानुनी समाधानका लागि सरकार समक्ष अनुरोध गर्दै आएकोमा सुनुवाइ नभएको भन्दै दिगो विकासका लागि नागरिकको सुरक्षित भविश्य निर्माणमा राज्यलाई सहयोग पुग्ने संवेदनशील विषयहरूमाथि बेवास्ता गर्नु लोकतन्त्रको उपहास भएको उल्लेख छ । संघीयता कार्यान्वयको सिलसिलामा संघ, प्रदेश र स्थानीय सरकारहरूको सहकार्यात्मक प्रयासबाट मात्र उपर्युक्त सवालहरूले निकास पाउदछ र सहजीकरणमा संघीय सरकारको प्रमुख भूमिका हुनु पर्दछ । यसरी नगरप्रमुखले उपयुक्त सवालको निकासका लागि सत्याग्रह, आमरण अनसन हुदै देह त्यागसम्मको संकल्प लिएकाले भट्टराईले उठाएको मागहरूप्रति ऐक्यबद्धता जाहेर गर्दै सवालहरूको समयमै सम्वोधन गर्न संघीय सरकारसमक्ष विज्ञप्तीमार्फत आग्रह गरिएको छ । आमरण अनसनबाट भट्टराईको स्वास्थ्य स्थिति गम्भिर बन्दै गएकाले उनको जीवन रक्षाका लागि सरकारसमक्ष विज्ञप्ती मार्फत अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित