अस्पतालमा आमरण अनसनरत नगरप्रमुख भट्टराईको माग पूरा गराउन पहल गर्ने स्वास्थ्यमन्त्री पौडेलको आश्वासन

  • प्रकाशित मितिः साउन 16, 2082
  • 598 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा आमरण अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको स्वास्थ्य अवस्था बुझेका छन् । बाँस लगायतका विभिन्न स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका माग सहित साउन १४ गतेदेखि आमरण अनसनमा बसेका भट्टराईलाई साउन १५ गते मध्यन्न १२ बजेतिर वीर अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे बुझेका हुन् ।
मन्त्री पौडेलले भट्टराईले राखेका मागप्रति सकारात्मक भएको भन्दै वाताको माध्यमबाट माग पूरा गराउन पहल गर्ने आश्वासन दिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले समेत भट्टराईको स्वास्थ्य अवस्थाको बारेमा अस्पतालमै आएर बुझेको घिमिरेले जनाएका छन् ।
गत साउन ११ गतेदेखि १३ गतेसम्म माइतीघर मण्डलामा सत्याग्रह र त्यसपछि साउन १४ गतेदेखि आमरण अनसन बसेका भट्टराईको साउन १४ राती नै स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना भएका हुन् । भट्टराईको आकस्मिक कक्षमा उपचार भइरहेको घिमिरेले बताएका छन् ।
बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नम्स बनाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति निर्माण गर्नु पर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रबद्र्धन गर्नु पर्ने लगायत माग राख्दै भट्टराई सत्याग्रह हुदै आमरण अनसनसम्म पुगेका हुन् । गत असार ९ गतेको १३ औं नगरसभाको निर्णयले सत्याग्रह बस्ने निर्णयपछि भट्टराई साउन ४ गते बाँसको मान्द्रो, गुन्द्री, राडी, पराल, बाँस लगायत बोकेर काठमाडौंतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित