आमरण अनसनमा बसेका नगरप्रमुख भट्टराई अस्पताल भर्ना (भिडिओ सहित)

  • प्रकाशित मितिः साउन १६, २०८२
  • 563 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १५–विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् । तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि साउन १४ गतेदेखि आमरण अनसनमा बसेका भट्टराई त्यसै दिन राती नै अस्पताल भर्ना भएका हुन् ।
राती स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताएका छन् । उनको आकस्मिक कक्षमा उपचार भइरहेको घिमिरेले बताएका छन् ।
बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नम्स बनाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति निर्माण गर्नु पर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रबद्र्धन गर्नु पर्ने लगायत माग राख्दै भट्टराई सत्याग्रह हुदै आमरण अनसनसम्म पुगेका हुन् । गत असार ९ गतेको १३ औं नगरसभाको निर्णयले सत्याग्रह बस्ने निर्णयपछि भट्टराई साउन ४ गते बाँसको मान्द्रो, गुन्द्री, राडी, पराल, बाँस लगायत बोकेर काठमाडौंतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित