नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १३–बाँस लगायतका विभिन्न स्थानीय श्रोत साधनको समुचित उपयोग गर्नु पर्ने सहित विभिन्न माग राख्दै सत्याग्रहमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई आमरण अनसनमा बस्ने भएका छन् । माइतीघरमा तीन दिनसम्म सत्याग्रह बस्दा नेपाल सरकारबाट मागहरूलाई सम्बोधन गर्न औपचारिक रूपले कुनै गम्भिर चासो, पहल नभएको भन्दै दोश्रो चरणको कार्यक्रम अन्तरगत साउन १४ गते विहान ९ बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।
नगर उपप्रमुख विसन राईले साउन १३ गते विज्ञप्ती जारी गरी बाँदर लगायत अन्य वन्यजन्तुबाट कृषि तथा खाद्यन्न उत्पादनमा पु¥याएको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय संकट तथा बाँस, गाँजा लगायतका वनस्पतीको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय श्रोत साधनको समुचित उपयोगसंग सम्वन्धित ७ बुदे माग सहित नगरप्रमुख भट्टराई सत्याग्रहमा बसेको उल्लेख गर्दै यसप्रति नेपाल सरकारबाट मागहरूलाई सम्बोधन गर्न औपचारिक रूपले कुनै गम्भिर चासो, पहल नभएको भन्दै दोश्रो चरणको कार्यक्रम अन्तरगत साउन १४ गते विहान ९ बजेदेखि माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनसन बस्ने जनाइएको छ ।
विज्ञप्तीमा जलवायु न्याय, स्थानीय श्रोत साधनको संरक्षण, सुशासनको प्रत्याभूति तथा भावी पुस्ताको सुरक्षित सुनिश्चित गर्न सत्याग्रह बसेको भन्दै यसमा सहयोग र ऐक्यबद्धता जनाउनेहरूमा धन्यवाद ज्ञापन गरेका छन् । नगरपालिकाको गत असार ९ गते भएको १३ औ नगरसभाको निर्णय अनुसार विभिन्न सात सूत्रीय माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तरगत नगरप्रमुख भट्टराईको सत्याग्रह शान्तिपूर्ण भएको र दोश्रो चरणको कार्यक्रम अन्तरगत आमरण अनसनमा बस्ने भएकाले उनको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग लगायत सरोकारवाला निकायरूबाट आवश्यक पहल कदमी होस भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित