नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन ८–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सभामुख देवराज घिमिरेलाई बाँसबाट बनेको कुर्सी र टेबल उपहार दिएका छन् । बाँस लगायतका स्थानीय सामग्रीहरूको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनु पर्ने माग राख्दै साउन ८ गते सभामुखको कार्यालय पुगेर बाँसको कुर्सी र टेबल उपहार दिएका हुन् ।
बाँसलाई विल्डिङ कोडमा समावेश गरी सरकारी मूल्याङ्कन गर्न नम्स बनाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति निर्माण गरी कार्यान्वयन गर्न सभामुख घिमिरेलाई उपहार दिएको भट्टलाईले बताएका छन् । बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको मेसो बसाउन सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नु पर्ने माग राख्दै स्थानीय जनशक्तिबाट निमार्ण गरिएको बाँसको कुर्सी र टेबल उपहार हस्तान्तरण गरेको भट्टराईले सुनाएका छन् ।
बाँसलाई उत्पादन र रोजगारीसंग जोड्न स्थानीय हस्तकला तथा सिपलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउँदै आयआर्जन वृद्धि गरी रोजगारी सिर्जना गर्ने अभियानलाई सफल पार्न समेत सभामुख घिमिरेसमक्ष माग राखिएको भट्टराईले बताएका छन् । बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले पनि यसको संरक्षण र प्रबद्र्धन गर्नु पर्ने भट्टराईको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित