लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा कसजू

  • प्रकाशित मितिः साउन ८, २०८२
  • 647 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ७–कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा मिलन कसजू निर्वाचित भएका छन् । कांग्रेस जिल्ला उपसभापति इवन राईको प्रमुख आतिथ्यतामा साउन ७ गते दिक्तेलस्थित विपी स्मृति भवनमा आयोजित प्रथम जिल्ला अधिवेशनमा कसजू निर्वाचित भएका हुन् ।
कार्यसमितिको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सचिवमा विरेन गुरुङ, सहसचिवमा श्यामकुमार पौडेल, कोषाध्यक्षमा किरण राई निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा विचारी तामाङ, दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कन्चन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ निर्वाचित भएको निर्वाचन मण्डल सदस्य दिलीप खत्रीले बताएका छन् ।
त्यस्तै प्रदेश क प्रतिनिधिहरूमा भरत राई र सनम राई, प्रदेश ख प्रतिनिधिहरूमा रणजंग राई, गणेशपुमा राई र एलिशाा गुरुङ निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिहरूमा खड्गमणि राई (गोपाल) र वसन्त राई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित