पहिरोले खोटाङमा १५ चौपाया मरे

  • प्रकाशित मितिः साउन ८, २०८२
  • 458 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, साउन ७–पहिरोले खोटाङमा १५ चौपाया मरेका छन् । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको बिहीबारेमा आठ वटा र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको सेम्मामा सात वटा चौपाया मरेका हुन् ।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कको बिहीबारेमा साउन ७ गते विहान साडे ५ बजेतिर पहिरो जादा स्थानीय रोमबहादुर तामाङको आठ वटा बाख्रा सहितको गोठ बगाएको छ । रातभरिको अविरल वर्षाले घरपछाडिबाट पहिरो जादा स्थानीय गोविन्दकुमार राजभण्डारी र लुकमान तामाङको घर जोखिममा परेको वडाअध्यक्ष टेकेन्द्र राजभण्डारीले बताए ।
त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीको सेम्मामा साउन ६ गते राती पहिरोले गोठ भत्किदा स्थानीय रवि राईको गोठभित्र रहेको एउटा गाई, तीन वटा बाख्रा र तीन वटा बोका मरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अघिकारी सुशान्त मिश्रले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित