नमस्ते खोटाङ संवाददाता–
खोटाङ, साउन १–दिक्तेल हाटडा“डामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले साउन १ गते उद्घाटन गरेका हुन् ।
पूर्वाधार विकास कार्यालय उद्घाटनपछि ओखलढुङ्गा र उदयपुर पुग्नु पर्ने वाध्यता हटेको छ । सडक, भवन लगायतका भौतिक पूर्वाधारका संरचना निर्माणको कामका लागि शहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गा, पूर्वाधार विकास कार्यालय उदयपुर पुग्नुपर्ने वाध्यता थियो । यी दुवै कार्यालय (शहरी विकास तथा भवन कार्यालय र पूर्वाधार विकास कार्यालय)को काम गर्ने गरी दिक्तेलमा कार्यालय स्थापना गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव अशोककुमार साहले बताएका छन् । मन्त्री राईको पहलमा मन्त्रीस्तरीय निर्णयले दिक्तेलमा कार्यालय स्थापना गरिएको साहले जनाएका छन् ।
कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री राईले जनताले जिताएर पठाएको प्रतिनिधि भएकाले जनताको चाहना अनुरुपको काम गरिरहेको बताएका छन् । सबै राजनीतिक दलका साथीहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने खोटाङलाई माथि लान धेरै समय नलाग्ने मन्त्री राईको भनाई छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भूमिप्रसाद राजबशी, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, केपिलासगढी गाउ“पालिका अध्यक्ष समीर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राई लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २४–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २१–कुकु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०-भुवनेश�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर २०–जिल्�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, मङ्सिर १८–किरा�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित