नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २७–अलपत्र ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन बल्ल सकिएको छ । पाँच वर्षअघि बनिसक्नु पर्ने भवन सकिएपछि असार २७ गते गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई र उपाध्यक्ष राजेश राजभण्डारीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
अघिल्लो स्थानीय सरकारको पालामा निर्माण सुरु गरिएको भवन ल्याव परीक्षण गर्दा गुणस्तरहीन बनेको पुष्टि भएपछि २०७८ जेठदेखि काम रोकिएको थियो । तर निर्माणमा संलग्न रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभीले ल्याव रिपोर्ट किर्ते गरेर बुझाएपछि थप समस्या देखापरेपछि काम रोकिएको थियो । त्यसका आधारमा निर्माणमा संलग्न कम्पनीहरूलाई कालो सूचीमा राखेर ठेक्का तोडिएको थियो ।
निर्माण कम्पनीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहीन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको ल्याव रिपोर्ट फेल भए पनि पास भएको रिपोर्ट बनाएर पेश गरेकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम उक्त ठेक्का तोडी कालो सूचीमा राखी धरौटी जफत गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार २०८० साउन ८ गतेसम्मका लागि २०७९ साउन ९ गतेको निर्णयले कालो सूचीमा राखिएको थियो ।
उक्त भवन प्रदेश सरकारको तीन करोड ६९ लाख ८५ हजार आठ सय ७३ रूपैयाँको लागत स्टिमेटमा २०७६ माघ २६ गते टेण्डर आव्हान गरिए पनि उक्त निर्माण कम्पनीले मुल्य अभिवृद्धि कर सहित दुई करोड ६८ लाख ४३ हजार तीन सय ४६ रूपैयाँको लागतमा २०७७ माघ १९ गतेभित्र सक्ने गरी ठेक्का पारेको थियो ।
भवन गुणस्तरहीन भएको ल्याव परीक्षण रिपोर्टले देखाएपछि नेपाल मध्यस्थता परिषद (नेप्का)को मध्यस्थतामा विवाद समाधान गरी मध्यस्थ ऐन, २०५५ को अधीनमा रहेर उक्त भवन निर्माणको काम सम्पन्न गरिएको गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले बताएका छन् । सुरुमा प्रदेश सरकारको बजेटमा भवन सुरु गरिए पनि निर्माण कम्पनीले गुणस्तरहीन बनाएपछि प्रदेशको बजेट फिर्ता भएपछि गाउँपालिकाले लगानी गर्नु परेको राईले सुनाएका छन् । उनका अनुसार उक्त भवनका लागि गाउँपालिकाको दुई करोड ३० लाख खर्च भएको छ । भवन उद्घाटनपछि आफ्नै कार्यालयबाट काम सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–भारतको म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २५–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, माघ २३–भारतको म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित