नमस्ते खोटाङ संवाददाता–
खोटाङm असार २३–जिल्लामा ५६.९८ प्रतिशत धान रोपाइ सकिएको छ । दश हजार १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये पाँच हजार सात सय ८ हेक्टरमा धान रोपिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका सहायक वागवाणी विकास अधिकृत रवीन राईका अनुसार असार २१ गतेसम्म दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६५ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ७० प्रतिशत, जन्तेढुङ्गा गाउँपालिकामा ५० प्रतिशत, बाराहापोखरी गाउँपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ४५ प्रतिशत धान रोपाइ भएको छ । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५ प्रतिशत, साकेला गाउँपालिकामा ६५ प्रतिशत, रावाबेसी गाउँपालिकामा २५ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ८५ प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत रोपाइ भएको छ । मनसुनका कारण गत वर्षको तुलनामा यो वर्ष छिटो धान रोपिएको राईले बताएका छन् । गत वर्ष यो बेलासम्म ३७.७७ प्रतिशत मात्र धान रोपाई भएको राईले बताएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३५ सय हेक्टर, हलेसी तुवाचुङ नगरपालिकामा एक सय २० हेक्टर, जन्तेढुङ्गा गाउँपालिकामा दुई सय ४०.९६ हेक्टर, बाराहापोखरी गाउँपालिकामा ६ सय ५७ हेक्टर, खोटेहाङ गाउँपालिकामा १२ सय हेक्टर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाम १२ सय हेक्टर, साकेला गाउँपालिकामा ८ सय हेक्टर, रावाबेसी गाउँपालिकामा आठ सय ५० हेक्टर, केपिलासगढी गाउँपालिकामा सात सय ५० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा धान खेती गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित