नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २०–रावाबेसी गाउँपालिकामा यो वर्ष एक सय ८४ मेट्रिक्टन लिची उत्पादन भएको छ । यसबाट यो वर्ष एक करोड बढी रकम गाउँपालिकामा भित्रिएको स्थानीले बताएका छन् ।
उक्त गाउँपालिकाको रेडर्कमा भने ९५ लाख ६८ हजार रूपैयाँ भन्दा बढी रकम भित्रिएको उल्लेख छ । उक्त गाउँपालिका कृषि शाखा प्रमुख उद्धव बास्तोलका अनुसार प्रतिकेजी ५२ रूपैयाँले हिसाव गर्दा ९५ लाख ६८ हजार रूपैयाँ भन्दा बढी रकम भित्रिएको हो । तर यसबाहेक अन्य पनि लिची निकासी हुने गरेको स्थानीयको भनाई छ ।
उक्त पालिकाको सबैभन्दा बढी वडा नं. १ कुभिण्डेमा ८८ मेट्रिक्टन लिची उत्पादन भएको छ । उक्त वडामा ११ हेक्टर क्षेत्रफल लिची उत्पादन हुने गरेको बास्तोलाले सुनाएका छन् । त्यस्तै वडा नं. २ खार्पामा २४ मेट्रिक्टन, ३ लामीडाँडामा १६, ४ धारापानीमा १६, ५ दुवेकोलमा ८ र ६ हौँचुरमा ३२ मेट्रिक्टन उत्पादन भएको बास्तोलाले बताएका छन् ।
उक्त गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी लिची उत्पादन हुन्छ । यहाँको लिची जिल्ला बाहेक राजधानी लगायत तराईका शहरसम्म पुग्ने गरेको छ । कृषकले उत्पादन गरेको लिची विभिन्न जिल्लाबाट आउने ठेकेदारहरूले बोटबाटै प्रति दाना एक रूपैयाँका दरले ठेग्ने गरको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताएका छन् । यहाँका कृषकले गाडी रिजर्भ गरेर दिक्तेल बजार, हलेसी लगायतका ठाउँमा लगेर प्रतिकेजी एक सयदेखि एक सय ५० रूपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीयको भनाई छ ।
रावाबेँसी गाउँपालिकालाई लिची ‘हब’को रूपमा विकास गर्ने गत असार १० गते सम्पन्न १७ औं गाउँसभाले नीति तथा कार्यक्रम पारित गरेको गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित