नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार १५–२२ औ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भव्य रूपमा मनाइएको छ । कृषि ज्ञान केन्द्र खोटाङको मुख्य आयोजना, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र डबल ए कृषि तथा पशु पालन फर्मको समन्वयमा असार १५ गते दिक्तेलबारीमा मनाइएको हो ।
यस अवसरमा डोरी तनाईको साथमा असारे भाका गीत प्रतियोगिता समेत आयोजना गरिएको थियो । असारे भाका प्रतियोगितामा रोजिना आचार्यको समूह प्रथम, मैया आचार्यको समूह दोश्रो, विन्दा आचार्यको समूह तेश्रो र देवी आचार्यको समूह सान्त्वना भएका छन् । असारे भाका गीत प्रतियोगितामा प्रथम हुनेले तीन हजार, दोश्रो हुनेले दुई हजार पा“च सय, तेश्रो हुनेले दुई हजार र सान्त्वना हुनेले एक हजार पा“च सय नगद सहित प्रमाणपत्र पाएका छन् ।
पञ्चेबाजा बजाउनेहरूलाई सान्त्वना स्वरूपमा एक हजा पा“च सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । डोरी तान्नेमा स्थानीय पुरुष र महिला समूह बीच प्रतिष्पर्धा हुदा पुरुष समूहले जित हात पारेको छ । जितसंगै दुई हजार नगद र प्रमाणपत्र पाएको छ । सान्त्वना हुने महिला समूहलाई एक हजार पा“च सय नगद र प्रमाणपत्र दिइएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राईले बताएका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाअध्यक्ष नवराज राईले पञ्चेबाजा बजाउनेलाई तीन हजार र असारे भाकामा प्रथम हुनेलाई व्यक्तिगत रूपमा तीन हजार एक सय रूपैया“ प्रदान गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी सागर साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरिनारायण राई, वडाअध्यक्ष राई लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित