वडा अध्यक्षको निधन

  • प्रकाशित मितिः बैशाख १०, २०७६
  • 1199 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख १०–साकेला गाउ“पालिका–३ का वडा अध्यक्ष मनिकुमार राईको निधन भएको छ । गत बैशाख १ गतेदेखि निमोनियार र टाइफाइडले थलिएका राईको ३७ वर्षको उमेरमा सोमबार बेलुकी निधन भएको हो ।
राईलाई उपचारका लागि दिक्तेल अस्पताल ल्याउदै गर्दा खिदीमाको सौर्य भन्ने ठाउ“मा निधन भएको साकेला गाउ“पालिका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले बताए । मुसलधारे पानीका कारण यातायात नचलेपछि सोमबार ट्याक्टरबाट दिक्तेल अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको हो । राईको मङ्गलबार अन्त्यष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित