सविना अछामे–
खोटाङ, असार ११–पछिल्लो समय वैदेशिक रोजगारमा महिलाको सङ्ख्या बढदै गएको छ । खोटाङबाट एक महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ८ सय २० जना मध्ये ८४ जना महिला छन् ।
सामी कार्यक्रमका खोटाङ संयोजक सन्तोष राईका अनु्सार जेठमहिनामा मात्र ८४ महिला र ७३६ पुरुष बैदेशिक रोजगारिमा गएका हुन् । असार ११ गते दिक्तेल बजारको भवनगैरास्थित यल्लो हाउसमा भएको सुरक्षित आप्रवासन सामी कार्यक्रमको वार्षिक प्रगति समीक्षा तथा अन्तक्रिया कार्यक्रममा, आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्म जिल्लाका दुई हजार एक सय ४६ जना पुरुष र ९ सय ३३ जना महिला गरी तीन हजार ७९ जनाले राहदानी बनाएको जानकारी दिइएको छ । राईका अनुसार एक वर्षमा वैदेशिक रोजगार विभागबाट सात हजार चार सय ६० पुरुष र ८ सय ५२ जना महिला गरी आठ हजार तीन १२ जनाले श्रम स्वीकृत लिएका छन् ।
वैदेशिक रोजगारीमा जादा आर्थिक योगदान, आयस्तर बृद्धि तथा जीवनस्तर सुधार, शीप र प्रविधि हस्तान्तरण, विदेशी मुद्रा आर्जन भए पनि अर्धदक्ष र अदक्ष श्रमिकको बाहिरिने प्रबृत्ति, मानसिक तनाव तथा पारिवारिक समस्या, विप्रेषणको सही सदुपयोगको अभाव, श्रमिक मृत्यु दरको बृद्धि, ठगी र कानुनी सुरक्षाको अभावजस्ता समस्या खेप्नु परेको राईले बताएका छन् । गत साउनदेखि जेठ समान्तसम्ममा ६१ वटा वैदैसिक रोजगारसम्बन्धी उजुरी आएकोमा २६ वटा उजुरीको फछ्यौट भएको छ । अन्य ३५ वटा प्रक्रियामा रहेको राइले बताएका छन् । बैदेशिक रोजगारीमा जाने क्रममा ठगिएको, विदेशमा अलपत्र परेको, वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाहरूले क्षतिपूर्ति नपाएका लगायतका विषयमा उजुरीहरू आउने गरेको राईले बताएका छन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन खोटाङका ५ स्थानीय तहमा सामी कार्यक्रम सञ्चालन भइरहेको राईले सुनाएका छन् । उनका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउ“पालिका, खोटेहाङ गाउ“पालिका र रावाबेसी गाउ“पालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको हो । जन्तेढुङ्गा र बराहपोखरी गाउ“पालिकामा पनि सञ्चालन हुने तयारी भइरहेको राईले बताएका छन् । राईका अनुसार गत जेठ मसान्तसम्ममा आप्रवासी स्रोत केन्द्र दिक्तेलमा दुई हजार पा“च सय २२ जना पुरुष र एक हजार एक सय १४ जना महिला गरी तीन हजार ६ सय ३६ जनाले सेवा लिएका छन् । बैदेशिक रोजगारिको बारेमा सूचना प्रवाह, कानुनी सहयोग वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका काम गरिरहेको राईले बताएका छन् ।
यसबाहेक कोशी प्रदेशको दश स्थानीय तहमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा पुन एकीकरण रेमी परियोजना सञ्चालन गरिएको रेमी परियोजनाका संयोजक ओजोनबाबु आचार्यले बताएका छन् । उक्त परियोजनाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुन एकीकरणको प्रयासको काम गर्ने आचार्यले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित