सविना अछामे–
खोटाङ, असार ९–केपिलासगढी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड सात लाख ५९ हजार तीन सय ७३ बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सभाहलमा असार ९ गते सम्पन्न १७ औँ गाउँसभामा गाउँपालिका उपप्रमुख गुरुराज राईले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गरेका हुन् ।
गाउँसभाले आर्थिक विधेयक, विनियोजन विधेयक, आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट तथा विभिन्न विधेयकहरू पारित गरेको छ । गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को लागि वित्तीय समानीकरणतर्फ आठ करोड एक लाख, राजश्व बाँडफाँडतर्फ आठ करोड ५४ लाख नौँ हजार तीन सय ७३, सशर्त अनुदानतर्फ २१ करोड २७ लाख, समपूरक अनुदानतर्फ तीन करोड ४६ लाख बजेट प्रस्तुत गरिएको छ ।
विशेष अनुदानतर्फ तीन करोड १९ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान अन्तरगत वित्तीय समानीकरणतर्फ ६८ लाख ६४ हजार, राजश्व बाँडफाँडतर्फ ५९ लाख पाँच हजार, सशर्त अनुदानतर्फ एक करोड ४७ लाख ८१ हजार बजेट प्रस्तुत गरिएको छ । समपूरक अनुदानतर्फ एक करोड ६० लाख, अन्तरिक राजश्वतर्फ ३५ लाख र गत वर्षको मौज्दात ९० लाखको वार्षिक बजेट बनाइएको गाउँपालिका अध्यक्ष समिर राईले बताएका छन् । अध्यक्ष राईले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २९–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २८–जेन–जी ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस २४–दिक्तेल�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १९–जिल्लाक�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, पुस १८–दुई करोड ... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित