सविना अछामे–
खोटाङ, असार ९– हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८० करोड १८ लाख ८१ हजार सात सय १९ बजेट ल्याएको छ । असार ९ गते हलेसीस्थित होलेसुङ रिर्सोटमा भएको नगरसभामा उपप्रमुख रमेशकुमार राउतले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।
नगरपालिकालाई संघीय सरकार राजश्व बा“डफा“डबाट ११ करोड २९ लाख १८ हजार सात सय १९ रुपैंया“, प्रदेश सरकार राजश्व बा“डफा“डबाट १ करोड ६ लाख ९२ हजार, संघीय सरकार वित्तीय समानीकरणबाट ११ करोड १६ लाख, प्रदेश सरकार वित्तीय समानीकरणबाट ९९ लाख ९२ हजार, नगरपालिकाको आन्तिरिक श्रोतबाट १ करोड ४५ लाख र घरजग्गा रजिष्ट्रेशनबाट १० लाख बजेट आउने लक्ष्य राखेको नरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिएका छन् ।
संघीय सरकार सर्शत अनुदानबाट ३४ करोड ७६ लाख, संघीय सरकार विशेष अनुदानबाट ६९ लाख, संघीय सरकार समपूरक अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपूरक अनुदानबाट १ करोड ४० लाख, प्रदेश सरकार सर्शत अनुदानबाट १ करोड ५१ लाख ७९ हजार र सामाजिक सुरक्षा तथा संरक्षणबाट १५ करोड बजेट प्राप्त हुने उमप्रमुख राउतले बताएका छन् ।
नगरसभाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ४६ करोड १५ लाख २९ हजार, पूजीगततर्फ १९ करोड ३ लाख ५२ हजार ७१९ रूपैया“ र सामाजिक सुरक्षातफए १५ करोड बजेट विनियोजन गरेको छ ।
खानेपानी, पर्यटन, कृषिलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको हो । सम्भावना र आवश्यकताका आधारमा वडा बाहेक खानेपानी, पर्यटन र पूर्वाधारमा मात्रै ६ करोड ४७ लाख ९४ हजार एक सय १९ रूपैंया“ बजेट विनियोजन गरेको नगर प्रमुख बिमला राईले बताइन । कृषि एम्बुलेन्स खरिद गरी गाउ“–गाउ“मा उत्पादन भएको तरकारी कृषि मार्टमा ल्याई बजारीकरण गरिने लक्ष्य राखिएको गिरीले बताएका छन् ।
नगर सभामा नगरप्रमुख राईले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नगरसभाको अवसरमा हलेसीमा आगलागी हुदा आगो निभाएर योगदान पु¥याउने प्रहरी निरीक्षक हेमन्त राईलाई सम्मान समेत गरिएको गिरीले बताएका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख विमला राई :
बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख रमेश राउत :
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित