सविना अछामे–
खोटाङ, असार ९–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि १ अर्ब २ करोड ९२ लाख ३४ हजार ३ सय ९१ को अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार ९ गते सम्पन्न १३ औं नगर सभामा उपप्रमुख विसन राईले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
बजेट तथा कार्यक्रममा नगरपालिकाको आन्तरिक आय २ करोड २० लाख रहने अनुमान गरिएको छ । आन्तरिक राजस्व तथा गैर राजस्वका दरमा सामान्य परिवर्तन गरी अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ मा प्रस्तुत गरिएको छ ।
संघीय सरकार राजस्व बाँडफाँडबाट १२ करोड ६७ लाख २८ हजार ६ सय ७८, प्रदेश सरकार राजश्व बाँडफाँडबाट १ करोड २६ लाख ६२ हजार र स्थानीय राजश्व बाँडफाँटबाट गरी जम्मा १४ करोड ९३ लाख ९० हजार ६ सय ७८ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट प्राप्त हुने अनुदात तर्फ वित्तिय समानीकरण अनुदान १४ करोड ६१ लाख, समपूरक अनुदान १ करोड, सशर्त अनुदान चालु ४९ करोड ९७ लाख, शसर्त अनुदान पुँजीगत १ करोड ९७ लाख गरी जम्मा ६९ करोड २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तर्फ वित्तिय समानीकरण अनुदान १ करोड ३६ लाख ८९ हजार, समपूरक अनुदान १ करोड, सशर्त अनुदान चालु १ करोड १७ लाख ५३ हजार र शसर्त अनुदान पुँजीगत ५ करोड १४ गरी जम्मा ८ करोड ६८ लाख ४२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष ०८१÷८२ मा खर्च नभई बचत हुने अल्या रकम ७ करोड ९० लाख १ हजार ७ सय १२ अनुमान गरिएको छ ।
नगरसभाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा नगरपालिकालाई बाँसको राजधानीको रूपमा विकास गर्ने, कफि खेतीका लागि व्यवसायिक हवको रूपमा विकास गर्ने, ‘उत्पादनमा कृषकको साथ, कोही पनि नबसौं खालि हात’ भन्ने नारालाई आत्मसात गर्दै कार्यान्वयन गर्ने, शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विद्यालयहरूलाई एकीकरण गर्ने, स्वास्थ्य क्षेत्रको सेवा गुणस्तरमा सुधार ल्याउने, दिगो, गुणस्तरीय र पर्यावरणमैत्री विकास गर्ने, विभिन्न वर्ग, लिङ्ग, सम्प्रदाय, क्षेत्र र जातजातिको समावेशी र समन्यायिक विकास गर्ने, समग्र क्षेत्रको सुधार गर्दै सुशासनमैत्री नगरको रुपमा विकास गर्दै लैजाने लगायतको उद्देश्यका साथ बजेट तथा कार्यक्रम तय गरिएको उपप्रमुख राईले बताएका छन् ।
त्यस्तै कृषि र पर्या–पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक गतिविधि मानि गरिने विकासका योजना तथा कार्यक्रमहरु, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, स्थानीय गौरवका आयोजनाहरु, आर्थिक पारदर्शिता एवं जवाफदेहीता सहित सुशासन युक्त–भ्रष्टाचार मुक्त नीतिसँग सम्बन्धित कार्यक्रमहरु, विपद् व्यवस्थापन सम्बन्धि कार्यक्रमहरु, लक्षित वर्गसँग सम्बन्धित कार्यक्रमहरु, मेरो नगर–म बनाउँछु भन्ने नीतिलाई कार्यान्वयन गर्न जनश्रमदानलाई प्रोत्साहित गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादनमा वृद्धि र बजारीकरण गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ बनाउने आयोजना तथा कार्यक्रमहरु, संघीय तथा प्रादेशिक आवधिक योजना, दिगो विकास लक्ष्य, आवधिक नगर विकास योजनाले निर्देशन गरेका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नगरसभामा नगरसभामा नीति तथा कार्यक्रम नगर प्रमुख तीर्थसाज भट्टराईले, अर्थसन्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८२ नगरसभा सदस्य ध्रुबबिक्रम राईले प्रस्तुुत गरेका थिए । त्यस्तै विनियोजन विधेयक २०८२ नगरसभा सदस्य दिनेशकुमार राईले, आगामी तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचना अनुमोदन नगरसभा सदस्य मुगाधन राईले, न्यायिक समितिको आथिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनसम्वन्धी प्रस्ताव नगरसभा सदस्य रामकुमार हिङ्माङले, केही बेरुजु फछ्र्यौटसम्वन्धी प्रस्ताव नगर सभा सदस्य दिनेशकुमार घिमिरेले, नगर यातायात गुरु योजनाको अन्तिम प्रतिवेदन सम्वन्धी प्रस्ताव नगरसभा सदस्य महेन्द्रकुमार राई, चालु आर्थिक वर्ष २०८१÷८२ को केही बजेट, योजना तथा कार्यक्रमहरूको संशोधनलाइ अनुमोदन गर्ने प्रस्ताव नगरसभा सदस्य दानबहादुर राईले प्रस्तुत गरेको थिए । नगरसभामा वडा नं १ का वडाअध्यक्ष नवराज राई र वडा नं ८ का वडाअध्यक्ष लिलाकुमार चौहानले नगरसभा बहिस्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित