सविना अछामे–
खोटाङ, असार ६–ऐसेलुखर्क बजारमा तीस हजार बढीको म्याद गुज्रिएका उपभोग्य बस्तु नष्ट गरिएको छ । असार ६ गते बजार अनुगमन गर्दा तीस हजार चार सय १५ रूपैया“ बरबरको म्याद नाघेको उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङका सुचना अधिकारी सन्तोष भट्टराईका अनुसार फुरनदाना, भुजिया, चिजबल, चिउरा, स्प्राइट, पानीपुरी मसला, ट्याङ जुस, फ्रुटी लगायतका उपभोग्य वस्तु बरामत गरी नष्ट गरिएको हो । यसबाहेक गुट्का, सुपरपावर खैनी, कबिर खैनी, खैनी सुर्ती, इनामेल लगायतका म्याद नाघेका सामग्री समेत बरामत गरी नष्ट गरिएको भट्टराईले बताएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीको संयोजकत्वमा इलाका प्रशासन कार्यालय ऐसेलुखर्कका युवराज अधिकारी, कर कार्यालयका नायव सुब्बा सन्जिव राई, ऐसेलुखर्क गाउ“पालिकाका अधिकृत रामकाजी नेपाली, वडा नं ३ का वडाअध्यक्ष टेकेन्द्र राजभण्डारी, इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका निरीक्षक गोपाल राई, राष्ट्रिय अनुसन्धान ऐसेलुखर्क प्रमुख रामसागर साह, ऐसेलुखर्क उद्योग वाणिज्य संघका रमेश राजभण्डारी लगायतको टोलीले अनुगमन गरेको हो ।
यसै बीच घरेलु र कर कार्यालयको आयोजनामा घुम्ती शिविर पनि आयोजना गरिएको छ । शिविरको साथमा उपभोक्ता अधिकार संरक्षणसम्वन्धी सचेतना कार्यक्रम तथा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । असार ५ र ६ गते भएको शिविरमा घरेलु अन्तरगत पसल दर्ता ९ वटा, खारेजी दुई वटा, नवीकरण ५ वटा गरिएको सूचना अधिकारी भट्टराईले बताएका छन् । त्यस्तै करदाता सेवा कार्यालय अन्तरगत दुई वटा खारेज, नाम संशोधन एक, कारोबार थप तीन वटा र नया“ व्यवसायिक स्थायी लेखा नम्बर दश वटा वितरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित