रुपाकोटमा नया वर्षको रौनक

  • प्रकाशित मितिः बैशाख २, २०७६
  • 1466 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, बैशाख २–लाली गुरास, चिमाल र रुख र पहराहरुमा सुनाखरी लगायतका फूलहरु फुलेर ढकमक । लहरै हिमालको दृष्यले झनै रमाइलो । यसैको मज्जा लिदै हजारौ युवा–युवतीदेखि पाकासम्मले भरिभराउ थियो रुपाकोट । 
नया“ वर्षको अवसरमा आइतबार विहानैदेखि पर्यापर्यटकीय रुपाकोट क्षेत्रमा रमाउनेहरु निक्कै नै उत्साहित देखिन्थे । विभिन्न हिमश्रृङखला, विभिन्न ठाउ“को दृष्यावलोकन, जडिबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न पाइने भएपछि यहा“ आन्तरिक पर्यटकको घुइचो लाग्न थालेको छ ।
पर्यटकीय स्थल रुपाकोट क्षेत्रलाई पर्यावरणीय तथा धार्मिक केन्द्रविन्दुको रुपमा चिनिन्छ । रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो रमणीय रुपाकोटमा रमाइलो गर्न तन्नेरीहरु झुम्मिने गरेका छन् । प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्वपूर्ण जडिबुटी पाइने भएकाले यसक्षेत्रमा पर्यटक आउने गरेको स्थानीय सप्तमणि राईले बताए । 
विश्वको सर्वाेच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरुको लस्कर देखिने सुखद् दृष्यले जो कोहीलाई लोभ्याउ“ने रुपाकोट पुगेका पूर्व सांसद टंक राईले बताए । ‘यहा“बाट विभिन्न ठाउ“को दृष्यावलोकन गर्नका साथै सयौं प्रजातिका चरा, वन्यजन्तु, जडिबुटी पाइन्छन् ।’ राईले थपे–‘त्यसैले पनि रुपाकोट अति सुन्दर मनमोहक ठाउ“ हो ।’
रुपाकोट पर्यापर्यटनको सुन्दर भविष्य बोकेको पर्यटकीय क्षेत्र भएकाले यसको प्रबद्र्धन गर्नु पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष विकाश राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने रुपाकोट क्षेत्र पर्यापर्यटन विकासका लागि नगरपालिकाले योजनाबद्ध ढंगले काम सुरु गरेको बताए । यसका लागि पहिलो चरणमा भ्युटावर निर्माण सुरु गरिएको छ । उक्त भ्युटावरका लागि २७ लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको हो ।
रुपाकोट जिल्लाकै पानीको श्रोत भएकाले पनि यसको संरक्षण समेत सुरु गरिएको छ । गत दुई वर्षदेखि विभिन्न ठाउ“मा पोखरी निर्माण थालिएको छ । रुपाकोट क्ष्ँेत्रमा तत्कालीन जिल्ला वन कार्यालयले विभिनन पोखरी समेत निर्माण गरेको हो । पोखरीमा जमिने पानीले मुहान सुक्न नदिनुका साथै कालान्तरमा पानीको मुहान फुट्न भएकाले पोखरी निर्माण गरिएको हो ।
प्राकृतिक सौन्दर्यसंगै रुपाकोट क्षेत्रमै पर्ने सिद्धबाबाले बास गरेको गुफाको दर्शनका लागि उत्तिकै प्रशिद्ध मानिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्धबाबाको पूजा आराधना गर्ने चलन छ । घर–परिवारमा भव्य–तव्य नपरोस्, सुखशान्ति मिलोस, खेतीबाली सप्रियोस तथा गाउ“ समाज र पशुचौपाय दैविक प्रकोपमा नपरोस भन्ने कामनाका साथ सिद्ध बाबाको पूजाआराधना गर्ने चलन रहेको मुढेका बिचारी तामाङले बताए । यहा“ सिद्ध बाबाले तपस्या गरेको क्षेत्र भएकोले रुपाकोट क्षेत्र अत्यन्तै पवित्रा मानिन्छ । रुपाकोटको सिद्धथानमाथिको भ्युप्वाइन्टबाट हिमाललाई हेरेर मायालुलाई सम्झिए चिताएको पूरा हुने विश्वास गरिन्छ । स्थानीयका अनुसार रुपाकोटबाट देखिने हिमालहरुमध्ये नुम्बुर र कारेलुङ हिमालको बीचमा रहेको हिमालको नाम नभएकाले आफ्नो प्रियतम्को नामबाट नामाङ्कन गरे अटल र अमर माया“ रहन्छ भन्ने जनविश्वास रहेको पूर्व सांसद टंक राईले सुनाए । ‘रुपाकोट घुम्न आउने हरेक जोडीले आफ्नो प्रियतम्को नाममा उक्त हिमालको नाम राखिन्छ ।’ राईले भने–‘यसो गर्दा प्रियजन बीचको नाता र माया“ अटल र अमर हुन्छ भन्ने चलन छ ।’

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित