नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार ४–सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको अभियोगमा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की प्रविका राईको जाहेरीले पक्राउ परेका रूपन्देही मजगौवाका शिवकुमार नाउ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की जुना कटवाल असार ४ गते धरौटीमा छुटेका हुन् ।
जिल्ला न्यायधिस नारायणप्रसाद दाहालको एकल इजलासले नाउ एक लाख र कटवाल २५ हजार रूपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । कटवालको आइडीबाट प्रविकालाई पैसा लगानी गर्न उक्साएको र नाउको इसेवा खातामा २७ हजार र रूपन्देही सूर्यपुराका शिवनाथ बरईको खातामा २०८१ जेठ ३१ गतेसम्म पटक–पटक गरी एक लाख ९७ हजार सहित दुई लाख २४ हजार गएको भन्दै २०८१ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यसैको आधारमा कटवाल गत असार १ गते र नाउ जेठ ३० गते प्रहरी कार्यालय खोटाङमा उपस्थित भएका थिए । अर्का शिवनाथ बरई भने फरार रहेको प्रहरीले जनाएको छ ।
कटवालले आफ्नो आइडी ह्याक भएको भन्दै २०८१ असार १ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । पछिल्लो समयमा आइडी ह्याक गरेर ठगी गर्नेको संख्या बढेकाले प्रयोगकर्ताहरू सचेत रहनु पर्ने सूचना अधिकारी मिश्रको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–महालेख�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २८–जन्तेढ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार २७–अलपत्र �... ... ...
सविना अछामे–खोटाङ, असार २६–दिप्रुङ चुइचुम्मा �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित