नमस्ते खोटाङ संवाददाता–
खोटाङ, असार २–सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ की प्रविका राईको जाहेरीले रूपन्देही मजगौवाका शिवकुमार नाउ र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की जुना कटवाललाई नियन्त्रणमा लिएको हो ।
दुई मध्ये कटवाल असार १ गते र नाउ जेठ ३० गते प्रहरी कार्यालय खोटाङमा उपस्थित भएका थिए । कटवालको आइडीबाट प्रविकालाई पैसा लगानी गर्न उक्साएको र नाउको इसेवा खातामा २७ हजार र रूपन्देही सूर्यपुराका शिवनाथ बरईको खातामा २०८१ जेठ ३१ गतेसम्म पटक–पटक गरी एक लाख ९७ हजार सहित दुई लाख २४ हजार गएको भन्दै २०८१ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । त्यसैको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् । अर्का शिवनाथ बरई भने फरार रहेको प्रहरीले जनाएको छ । कटवालले आफ्नो आइडी ह्याक गरेर दुरुपयोग गरेको प्रहरीलाई बयान दिएको मिश्रले जनाएका छन् । यो प्रकरणमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा पेश गरिसकेको मिश्रले सुनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित