अस्पतालचौक–दुम्ली सडक अन्तरगत आचार्य गाउँक्षेत्रमा मापदण्ड विपरित (भिडिओ सहित)

  • प्रकाशित मितिः असार १, २०८२
  • 395 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, असार १–अस्पतालचौक–दुम्ली सडक अन्तरगत आचार्य गाउँक्षेत्रमा मापदण्ड विपरित सडक बनेपछि काम रोकिएको छ । उक्त सडक अन्तरगत आचार्यगाउँ बसपार्क नेरको ढलान मापदण्ड विपरित भएको भन्दै काम रोकिएको हो ।
पूर्वाधार विकासको चालु आर्थिक वर्षको करिब ४० लाख ६२ हजार रूपैयाँको बजेटबाट निर्माणाधीन सडक अनुगमन गर्दा मापदण्ड विपरित भएपछि रोकिएको वडा सदस्य तथा स्थानीय बलराम आचार्यले बताएका छन् । उक्त सडकको ठेक्का सिम्रिक कन्ट्रक्सनले लिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, वडा नं १ का वडाअध्यक्ष नवराज राई लगायतले जेठ ३१ गते अनुगमन गर्दा मादण्ड विपरित भएको पाइएपछि रोकिएको आचार्यको भनाई छ ।
उक्त निर्माण कम्पनीले बसपार्क नजिक ३१ मिटर र आयुर्वेद अस्पतालमुनि दश मिटर ढलान गर्ने तथा बाँकी रहेको रकमले अन्य ठाउँमा ग्राभेल गर्ने जिम्मा लिएको थियो । तर ढलान र ग्राभेल गुणस्तरहीन भएपछि मापदण्ड अनुसार काम गर्न निर्देशन समेत दिइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2025 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित