सविना अछामे–
खोटाङ, जेठ ३०–हलेसी तुुवाचुुङ नगरपालिकाले कोदोको विभिन्न परिकारहरू उत्पादन, ब्राण्डिङ तथा प्याकेजिङसम्वन्धी तालिम दिएको छ । रैथाने बालीबाट विस्कुट उत्पादन गरी आयआर्जन गर्ने उद्देश्यले सात दिने तालिम दिएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार ‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा, आम्दानीको आधार’ भन्ने मूल नारासहित ‘कोदोको बिस्कुट उत्पादन, ब्रान्डिङ तथा प्याकेजिङसम्बन्धी सीप विकास तालिम दिएको हो । जेठ ३० गते सम्पन्न तालिममा हलेसीस्थित महेन्द्रोदय मावि र च्यास्मिटार माविका कक्षा १२ को परीक्षा दिएर बसेका युवा विद्यार्थीहरू र एक उद्यमी सहित १२ जना सहभागी थिए । उनीहरूले कोदोबाट बिस्कुट, कुकिज, निम्की, ब्रेड, मफिन र डोनट बनाउन सिकेका छन् । उनीहरूले कोदोबाट उत्पादन गरेको परिकार हलेसीस्थित कोसेलीघरमा राखिने गिरीले सुनाएका छन् ।
तालिममा कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय प्याकेजिङ, ब्राण्डिङ तथा बजार रणनीतिमा व्यावहारिक जानकारी र अभ्यास प्रदान गरिएको गिरीले बताएका छन् । तालिमले विशेषगरी युवाहरूलाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि उत्पादनको संरक्षण तथा सम्वद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको गिरीले जनाएका छन् ।
कोदोमा प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्ट जस्ता पोषक तत्वहरू पाइन्छ । नगरप्रमुख विमला राईको प्रमुख आतिथ्यतामा तथा महादेवस्थानका वडाअध्यक्ष गिरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा विभिन्न विद्यालयका प्रअहरू, शिक्षक, विद्यार्थी, नगरपालिकाका कर्मचारी, व्यवसायी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित