‘नैतिकताको आधारमा गृहमन्त्रीले राजिनामा दिनु पर्छ’ : शेखर कोइराला (भिडिओ सहित)

  • प्रकाशित मितिः जेठ १८, २०८२
  • 630 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १७–कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकले राजिनामा दिनु पर्ने धारणा राखेका छन् । जेठ १७ गते हलेसीमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले राजनीतिमा नैतिकता भन्ने अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै राजिनामा दिनु पर्ने धारणा राखेका हुन् ।
‘राजनीतिमा नैतिकता भन्ने कुरा अत्यन्त महत्वपूर्ण हो, राजनीतिमा नैतिकता रहेन भने अराजकता बढ्दै जान्छ, त्यसले राजनीतिलाई कमजोर बनाउदै जान्छ’ राजनीतिक संस्कार भनेको नैतिकताको संस्कार हुनु पर्छ’–कोइरालाले भने ।
पत्रकारले राखेको जिज्ञासामा कोइरालाले वर्तमान गठबन्धन सरकार पूर्ण कार्यकालका लागि रहने र त्यसका लागि भरपुर सहयोग हुने बताए । अहिलेको सरकारलाई असफल हुने छुट पनि नभएको कोइरालाले धारणा राखे ।
अहिले हिन्दू राष्ट्र, राजतन्त्रको आभाष नेताहरूले नै दिएको कोइरालाले बताए । ‘राजा आइहाल्यो कि भन्ने आभाष हाम्रै नेतृत्वले दिइराख्नु भएको छ, नेपाली कांग्रेस, एमाले, माओवादीहरूबाटै आइराखेको छ’ कोइरालाले भने–‘किन भने सुशासन दिन सकिरहनु भएको छैन, भ्रष्ट्राचार बढिरहेको छ, सेवा राम्रो दिन सकिरहेको छैन, रोजगारीको अवसरहरू सिर्जना गर्न सकेको छैन, आर्थिक कसरी अघि बढाउन सकिन्छ, यस्ता कुरालाई ध्यान दिन सकेको छैन, साथसाथै कांग्रेस एमालेले गरेको सात बुदे सहमतीलाई राम्ररी काम गरे भैहाल्यो नि, यसलाई कसले राकेको छ ?’
हलेसीमा आयोजित कार्यकर्तापछि तुवाचुङ जायजुम संरक्षण समितिले आयोजना गरेको तुवाचुङ–डेलाई संवोधन गरी राजधानी फर्किएका छन् । कोइराला हेलिकोप्टरमा हलेसी आएका हुन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित