लोकसेवा तयारी कक्षा समापन

  • प्रकाशित मितिः जेठ १६, २०८२
  • 567 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १५–लोकसेवाको तयारी कक्षा समापन गरिएको छ । नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले चैत आयोजना गरेको नायव सुब्बा र खरिदार पदको तयारी कक्षा जेठ १५ गते समापन भएको हो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको चालु आर्थिक वर्षको चार लाख रूपैयाँको बजेटबाट उक्त तयारी कक्षा सञ्चालन गरिएको हो । उक्त तयारी कक्षामा ९७ जनाले फारम भरे पनि ३७ जनाले अन्तिमसम्म कक्षा लिएको विद्यार्थी महासंघ जिल्ला कार्यसमिति खोटाङका पूर्व अध्यक्ष उदीम चाम्लिङले बताएका छन् । कक्षामा सहभागी मध्ये तीन जनालाई पुरस्कृत गरिएको छ । नियमित उपस्थित हुने रोशिका दाहाल, अनुशासितमा केविन ढकाल र नमूना परीक्षामा सबैभन्दा बढी अंक ल्याउने कविता ढुङ्गानालाई पुरस्कृत गरिएको चाम्लिङले बताए ।

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित