सविना अछामे–
खोटाङ जेठ १३–राष्ट्रिय मानव अधिकार आयोगले २५ औं (रजत) वार्षिक उत्सव तथा २६ औं स्थापना दिवस मनाइएको छ । जेठ १३ गते जिल्ला समन्वय समिति खोटाङको सभाहलमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रमका सहभागीहरूले जिल्ला प्रशासन कार्यालयका कर्मचारीले नागरिकताको विषयमा जनतालाई दुख दिने गरेको, जिल्लाका होटलमा बासी खाना खुवाउने गरेको, औषधि पसलले लागू औषध बिक्री गर्ने गरेको लगायतका समस्यामा स्थानीय सरकार मौन रहेकाले मानव अधिकारले समन्वय गर्नु पर्ने बताएका छन् ।
सहभागीहरूले भूदेउ हत्याकाण्ड, तीन महिला हत्यकाण्ड र नागरिकता पाउनका लागि वर्षौ मुद्दा खेप्नु परेको लगायतका कारण निम्न तहका जनताले न्याय पाउन नसकेको गुनासो गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसद कुलप्रसाद फुयाल, जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङ, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित