नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–जिल्लाको दक्षिणी क्षेत्र खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिका जोड्ने सावाखोलास्थित मोटरेबल पुल उद्घाटन गरिएको छ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी र खोटेहाङ गाउँपालिका–७ खोटाङबजार जोड्ने सावाखोलाको पुल कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले जेठ १० गते उद्घाटन गरेका हुन् ।
८ करोड तीन लाख ७८ हजार ७ सय १५ रूपैयाँको लागतमा २०८२ बैशाख १० गतेभित्र सक्ने गरी २०८० बैशाख ११ गते सुचन आदित्य विजय निर्माण सेवाले संझौता गरेको थियो । उक्त पुल ४१.४ मिटर लामो छ । उक्त पुल बनेपछि जन्तेढुङ्गा र बाराहापोखरी गाउँपालिकाबासीलाई सदरमुकाम दिक्तेलसम्म सिधा यातायात सम्वन्ध जोडिएको छ । कार्यक्रममा खोटेहाङ, जन्तेढुङ्गा, बाराहापोखरी गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कर्मचारी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित