नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ६–हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो कार्यकालको तीन वर्षे मुख्य उपलब्धि सार्वजनिक गरेको छ । दोश्रो स्थानीय सरकारको कार्यभार संहालेको तीन वर्ष पुगेको अवसरमा नगरपालिकाले गरेका कामको उपलब्धि जेठ ६ गते सार्वजनिक गरेको हो ।
दुर्छिमस्थित होलेसुङ रिसोर्टमा आयोजित कार्यक्रममा तीन वर्षको अवधिमा २५ सय मिटर सडक ढलान, नयाँ सडक निर्माण ९२.५१ किलोमिटर, सडक स्तरोन्नति ५१२.४१ किलोमिटर र सडक नाली १८.९१ किलोमिटर निर्माण गरिएको जानकारी गराइएको छ ।
त्यस्तै उद्योगतर्फ डेरी तथा बेकरी उद्योग सञ्चालन, कपास खेतीबाट कपास प्रशोधन गरी धागो उत्पादन तथा दुना टपरी उद्योग सञ्चालन गरिएको छ । यसमध्ये दुनाटपरी उद्योगमा ५० जना लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।
कृषितर्फ एक करोडको लागतमा सय वटा भैसी वितरण, बदाम उत्पादन प्रोत्साहन कार्यक्रम अन्तरगत ५ मुरी भन्दा बढी फलाउने तीन सय ४० घरधुरी किसानलाई प्रोत्साहन स्वरूप रकम वितरण, लागत साझेदारीमा ४० जना किसानलाई कृषि औजार वितरण, कृषि पशुपंक्षीसंग सम्बन्धित लघुउद्यमीलाई ऋणको व्याज अनुदान कार्यक्रम, एक टोल एक उत्पादन कार्यक्रम अन्तरगत ९५ घरधुरी किसान लाभान्वित भएको, ५९ जनालाई विद्युतीय कुटानी पिसानी मिलको वितरण, दुई सय जना महिला उद्यमीहरूलाई विद्युतीय चुलो वितरण, दुई सय ३० वटा रिचार्ज पोखरी निर्माण लगायतका कार्यक्रम गरिएको जनाएको छ ।
त्यस्तै खानेपानी तथा सिंचाई आयोजना अन्तरगत १७ सय घरधुरीलाई पुग्ने लोचा खानेपानी आयोजना, एक हजार घरधुरीलाई पुग्ने शहरबोटे खानेपानी आयोजना, ८ सय ५० घरधुरीलाई पुग्ने रातमाटे चलाखु लिफ्ट खानेपानी आयोजना, ९ सय घरधुरीलाई पुग्ने बलुमबारी लिफ्ट आयोजना, ८ सय घरधुरीलाई पुग्ने डिकुवा लिफ्ट सिंचाई आयोजना, एक हजार घरधुरीलाई पुग्ने महादेवबेसी सोलार लिफ्ट सिंचाई योजना, सात सय घरधुरीलाई पुग्ने कुर्ले रूपाटार सिंचाई आयोजना र चार सय घरधुरीलाई पुग्ने सिंचाई योजना तथा कुलो निर्माण गरिएको उल्लेख गरिएको छ ।
त्यस्तै शिक्षातर्फ २६ वटा विद्यालयमा पक्की भवन निर्माण गरिएको नगरप्रमुख विमला राईले बताएकी छन् । ‘दोश्रो कार्यकालको तीन वर्षको अवधिमा गरिएका मुख्य–मुख्य उपलब्धिहरू मात्र सार्वजनिक गरेका हौं’ राईले भनिन्–‘अन्य योजनाहरू त धेरै छन् ।’
त्यस्तै शिक्षक आन्दोलनमा गएर फर्किएका शिक्षकहरूलाई लक्षित गरी एक दिवसीय शैक्षिक सम्मेलन गरिएको छ । २९ दिनसम्मको आन्दोलनमा होमिएका शिक्षकहरूमा नैरास्यता छाएकाले उर्जा भरेर विद्यालय पठाउने उद्देश्यले शैक्षिक सम्मेलन गरिएको नगरप्रमुख राईले बताइन् । उनका अनुसार नगरक्षेत्रभित्रका शिक्षक, विद्यालय व्यवस्थापन समिति सहित चार सय ५० जनालाई पुनःताजगी गरिएको हो । शैक्षिक सम्मेलनमा विभिन्न १० वुदे घोषणापत्र जारी गरी समापन गरिएको छ । यसअन्तरगत सार्वजनिक पद धारण गरेका प्रत्येक व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउने, शिक्षालाई सीप, संस्कार र प्रविधिसंग जोड्दै सामुदायिक विद्यालयलाई उत्कृष्ठ शैक्षिक गन्तव्यको रूपमा विकास गर्ने, स्थानीय उत्पादन भएको खाजा विद्यालयमै खुवाउने, प्रत्येक विद्यालयले शिक्षा सुधारको वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने लगायत विभिन्न १० वुदे घोषणापत्र जारी गरी समापन गरिएको छ । ‘शिक्षकहरू २९ दिनसम्मको सडक आन्दोलनमा गएर आउनु भएको छ’ राईले भनिन्–‘उहाँहरू विद्यालय जानुअघि उर्जा भरेर पठाउ भनेर शैक्षिक सम्मेलन आयोजना गरिएको हो ।’
उक्त शैक्षिक सम्मेलनका लागि शिक्षाविद् भूपेन्द्र कोइराला र उत्प्रेरक रमन भट्टराईले सहजीकरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १२–सोल्म�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित